विराटनगरः विराटनगर भन्सारका ४ कर्मचारीमा काेराेना संक्रमित पुष्टि भएकाे छ ।
भन्सारका २० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालय प्रमुख शिव प्रसाद भण्डारीले जानकारी दिए । संक्रमितमध्ये नापजाँच र कम्प्युटर शाखामा कार्यरत कर्मचारी रहेको तथा उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको भण्डारीले बताए ।
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले कोरोना संक्रमण पुष्टि भएपछि भन्सार जाँचपासमा कार्यालयसँगै आफूहरुले पनि सतर्कता अपनाएको बताए । आइतबारदेखि भन्सारमा भिड नियन्त्रण गरिएको छ । सुरक्षा सावधानी अपनाएर मात्र भित्र प्रवेश गराउने गरिएको छ । एजेन्ट र उनीहरुका प्रतिनिधिहरुले पनि सकभर घरबाटै अनलाइनबाट काम गर्ने र अति आवश्यक परे मात्र भन्सारमा कागजात बुझाउन जाने गरेका छन् ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



