धरान: चर्चित गायक यादन शेर्मा साथै चर्चित गायिका चन्द्रकला राईको आवाजमा नयाँ पुर्वेली मारुनी गीत 'गुराँस टिपी' बोलको गीत सार्वजनिक भएको छ ।

यो गीतको म्युजिक भिडिो गायक यादन शेर्माको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ । लामो समय देखी नेपाली गीत संगीतमा लागी परेका गायक शेर्माले दर्जनौं बढी गीतमा आवाज भरिसकेका छन् । यस्तै, दर्जनौं गीतमा संगीत पनि दिइसकेका छन् । यसैगरि,'सुनकोशीको छेउ पुर्वेली' नेपाली लोक गीतदेखी सांगीतिक यात्रा सुरु गरेकी गायिका चन्द्रकला राईले पनि धेरै गीतमा आवाज साथै संगीत भरेकी छिन् ।

दुई चर्चित गायक गायिकाको सहकार्यमा निर्माण भएको गुरासै फुल्यो बोलको पुर्वेली मारुनी गीत नेपाली मौलिकता झल्कनुको साथै माया पिरतीमा आधारित रहेको छ। यसको संगीत सम्योजन पदम राजन मगरले गरेका छन् भने मिक्सिङ मुस्कान मुकारुङको रहेको छ । त्यस्तै छायांकन र सम्पादन भने कृष्ण थलङ्गले गरेका छन । गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

भिडियो: