एजेन्सी: भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ।

केही दिनदेखि कोमामा रहेका मुखर्जीको आज सोमबार निधन भएको हो । उनका छोरा अभिजित मुखर्जीले ट्विटमार्फत निधनको पुष्टि गरेका छन् । उनलाई अगष्ट १० मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी ८४ वर्षका थिए। भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति भएका थिए । मुखर्जीलाई केही दिनअघि सैनिक अस्पतालमा भर्ना गरिएको थियो ।

अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका थिए । पूर्वराष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका थिए । मुखर्जीले भारतीय कांग्रेसमा रहेर ५ दशक सक्रिय राजनीति गरेका थिए ।