झापा: झापा हल्दीबारी ३ जलथलमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।
स्थानीय ४७ बर्षीय खड्क कुमार राईको करेन्ट लागेर मृत्यु भएको हो । आज दिउसो पौने ३ बजे सोही स्थानमा रहेको जुसुडी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करेन्ट लागेर वेहोस भएका राईको साई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



