सोलु: सोलुखुम्बुको दुधकुण्ड ८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने १ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन् । हिजो दिउँसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएपछी मन्दिर समितिले जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएको थियो । मन्दिर समितिले खोजी गर्दा पनि मुर्ती फेला नपरेपछी राती पौने ११ बजे प्रहरीमा खबर गरेका थिए।
घटनाबारे जानकारी आएपछि प्रहरी टोलीले खोजी गर्दा मगरलाई छिमेकी जिल्ला ओखलढुंगाबाट पक्राउ गर्न सफल भयो । उनलाई ओखलढुंगाको सिद्धिचरण ११ मा रहेको एक होटलबाट चोरी गरेको मुर्तीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मगरलाई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



