बिराटनगर: ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भदौं महिनाको सर्वोत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् ।


अवैध हातहतियारद्वारा ब्यक्ति हत्या जस्तो जघन्य अपराधको घटना पछि फरार भएर लुकीछिपि बसेको अभियुक्तलाई हातहतियारसहित पक्राउ गर्न सफल भएको भन्दै उनलाई प्रदेश प्रहरी कार्यालयले कार्कीलाई भदौंको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्ये प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ र १ नम्बर प्रदेशअन्तर्गत रहेका क स्तरसम्मका इलाका प्रहरी कार्यालयमा १ महिना सम्म राखिदै आईएको छ ।