धरान: कोरोना महामारीको कारण यसपालीको दशैं खल्लो भयो । विगतमा जस्तो आफन्तको घरमा टीका लगाउन जानेहरु देखिएनन् । यद्यपी, सुनसरी र उदयपुर जिल्लालाई जोड्ने चतराको कोशी पुलमा पुग्दा भने मानिसहरुको घुँइचो देखियो ।

पुलमा साथीभाई, परिवारहरुसँग घुम्न जानेहरु थुप्रै थिए । कोशी पुलमा सेल्फी खिच्नेहरु, पुलमा उभिएर गफिनेहरु र कोशी नदीलाई नियालिरहेकाहरु थिए । कोशी नदीमा जेटबोट पनि सञ्चालनमा छ । बोट चल्दा फोटो र भिडियो खिचिरहेकाहरु पनि देखिन्थे ।

भिडियो :

यो पुलले धरान–चतरा सडक हुदै सुनसरीलाई सिधै उदयपुरसँग मात्र जोडेन, उदयपुरको पुर्वी भुभागका जनतालाई ठुलो राहत दिएको छ । अहिले यही पुल आन्तरिक पर्यटकहरुको गन्तव्य पनि बनेको छ । पुलको दुवै किनारमा होटलहरु खुलेका छन् । पुल घुम्न जानेहरुको कारण ती होटल तथा रेष्टुरेष्टहरुको राम्रो व्यापार बढेको छ ।

 koshi-bridge koshi-bridge2 koshi-bridge4 koshi-bridge5 koshi-bridge8 koshi-bridge12 koshi-bridge13 koshi-bridge11 koshi-bridge6 koshi-bridge7 koshi-bridge10