धरान: यसबर्ष अधिकमास परेको कारण तिहार झण्डै एक महिना पछि सर्यो । यसको असर फूलको बजारमा पनि परेको छ ।

आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । साँझ एवं राती घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । आजको दिन घरलाई फूलले सिंँगार्ने चलन छ । त्यसैले आज फूलको व्यापार अत्यधिक हुने गरेको छ । आज धरान बजारमा फूलको भाउ अत्यधिक महंगो भएको स्वयम व्यापारी र उपभोक्ताहरुले बताएका छन् । फूल महंगो हुनुको कारण यसपाली थोरै मात्रामा फूल आउनु भएको व्यापारीहरुको भनाई छ ।

ful2

भानुचोकमा फूलको माला बिक्री गरिरहेका एक युवाका अनुसार यसपाली फूल नै बजारमा थोरै भएकोले महंगो भएको हो । ‘गत बर्ष फूल धेरै आएर सस्तो भएको थियो, यसपाली थोरै आएर महंगो भयो,’उनले भने । धरान १३ स्थित कृषि उपज बजारस्थलमा पनि फूल महंगो भएको व्यापारीहरु बताउँछन् । कृषि बजारमा फूल बिक्री गरिरहेकी महिलाले भनिन्,‘गत सालको भन्दा कमै आएको हो । त्यसैले मुल्य बढेको हो ।’ उनका अनुसार गत बर्षभन्दा ५० प्रतिशत कम फूल आएको छ । गत बर्ष १५ देखि २५ रुपैया मुठामा सयपत्री फूल बिक्री भएको थियो । यसपाली भने ५० देखि १०० रुपैया मुठामा बिक्री भइरहेको छ ।

ful3 ful4 ful6 ful10 ful9 ful7 ful8 ful11 ful12