बिराटनगर: ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयले व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठरुपमा काम गरि अपराध अनुसन्धान क्षेत्रमा बिशेष योगदान पुर्याउने प्रहरीलाई मनोवल उच्च बनाउन हरेक महिना सर्वोत्कृष्ट घोषित गरेर पुरस्कृत गर्दै आएको छ । प्रहरी जवान तामाङले विभिन्न जघन्य अपराधका फरार प्रतिवादी, अवैध लागुऔषध, चोरी, तस्करीमा संलग्न मानिसहरुलाई पक्राउ गरेर कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएकोछ ।

तामाङ प्रहरी चौकी संक्रान्ति तेह्रथुम दरवन्दी भई हाल इलाका प्रहरी कार्यालय बेलटार उदयपुरमा कार्यरत छन् । सर्वोत्कृष्ट हुने प्रहरीलाई पुरस्कृत गरेर उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ राखिने गरेको छ । यस्तै, १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म विवरण राखिने गरिएको छ ।