धरान: लकडाउनको कारण लामो समय रोकिएको धरान रन आजदेखि सर्वसाधरणको लागि समेत शुरु भएको छ ।

धरान रन संस्थाको आयोजनामा “स्वच्छ धरान, स्वस्थ्य धरान” नाराका साथ हरेक हप्ताको शनिवार बिहान हुने दौड ४६४ औ हप्ता पुरा भएपछि रोकिएको थियो । सरकारले खेलकुद गतिविधि खुला गरेपछि करिव ८ महिना पश्चात ४७० औं हप्ता धरान रन दौड गर्दै सुचारु गरिएको धरान रनका अध्यक्ष रोमु राईले जानकारी दिए । केही समय अघिदेखि दौड सुचारु गरेपनि त्यसबेला संस्थाका भोलियन्टियर्स तथा सदस्यहरुलाई मात्र सहभागी थिए ।

अब भने पहिले जस्तै हरेक शनिवार सवैको लागि निरन्तर धरान रन हुने उनले बताए । आल ४ सय ७० औ हप्तामा ८० जना धावकहरुले सहभागिता जनाएका थिए । शनिवार भएको रनमा एक सय हप्ता पुरा गरेका रामप्रसाद उराउ र ५० हप्ता दौड पुरा गरेका अलिकेस राईलाई टिसर्ट प्रदान गरिएको थियो ।

तस्विरहरुः बिकास चाम्लिङ राई

IMG_1831.psd IMG_1848.psd IMG_1870.psd IMG_1858.psd IMG_1859.psd IMG_1825.psd IMG_1868.psd IMG_1871.psd IMG_1872.psd IMG_1873.psd