धरान: कोरोना महामारीको कारण लामो समय रोकिएको साहसिक खेल प्याराग्लाइडिङको प्रशिक्षण प्रदेश नं १ मा पुनः सुचारु भएको छ ।

उदयपुरको बेलका नगरपालिका ८ सोमबारे(वोप्ताङ)मा आधारभुत बिगिनर्स कोर्ष र टेण्डम (टि वान) कोर्ष भइरहेको छ । बिगिनर्स कोर्ष ८ औं ब्याच हो भने टि वान कोर्ष गर्र्नेहरु दोस्रो ब्याच हुन् । एसियन प्याराग्लाइडिङ एकेडेमी प्रालिका अनुसार अहिले ५ जना बिगिनर्स कोर्ष गरिरहेका छन् भने २२ जनाले टि वान कोर्ष गरिरहेका छन् । बिगिनर्स कोर्ष गर्नेमा २ जना धरानका पनि छन् । विभिन्न जिल्लाबाट कोर्ष गर्न प्रशिक्षार्थीहरु आएका छन् । ‘प्रशिक्षण एकदमै राम्रो भइरहेको छ,’सिन्धुपाल्चोकबाट आएका नोर्साङ लामाले भने,‘सानैदेखि लक्ष्य प्याराग्लाइडिङ गर्ने लक्ष्य थियो, त्यसैले आएको हो । पछि आफ्नै गाउँ ठाउँमा पनि गर्ने सोच छ ।’

paragliding2

वेलका ८ स्थित वोप्ताङ डाँडामा टेक अफ छ । त्यहाँबाट उडेर सोमबारेस्थित कोशी किनारको मैदानमा ल्याण्डिङ हुन्छ । राखेपका अन्तर्गतको नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ एशोसिएशन(नेफा) का प्रशिक्षक सुरेन्द्र गुरुङका अनुसार विगिनर्स कोर्ष १५ दिनको भइरहेको छ । प्रशिक्षार्थीहरुले आफै उड्न, ल्याण्डिङ गर्न र हावामा आधा घण्टा जति समय पनि बिताइरहेको प्रशिक्षक गुरुङले जानकारी दिए । ‘टेण्डम कोर्षको लागि सानो डाँडाबाट चिकन फ्लाइट गरिरहेका छन् । प्रशिक्षणको लागि टेक अफ र ल्याण्डिङ उपयुक्त ठाउँ छ,’उनले भने ।

भिडियो:

टेण्डम वान कोर्ष गरिरहेका २२ जनाले यसअघि विगिनर्स कोर्ष गरिसके पनि दिएको टाक्स सबै पुरा गरेर आएकाहरु हुन् । अब टि वान कोर्ष सकेपछि अर्को नागरिक उड्यान प्राधिकरण(क्यान)ले गराउने टि टु कोर्ष गर्नुपर्ने हुन्छ भने अन्तिममा ना संस्थाले लाइसेन्स दिएपछि मात्र उनीहरुले व्यवसायिक उडान गर्न पाउँछन् ।

 

नेफाका महासचिवसमेत रहेका एसियन एकेडेमीका सञ्चालक शैलेन्द्र राउतले पनि वेलका अत्यन्तै उपयुक्त ठाउँ भएकोले पोखराबाट प्रशिक्षण गराउन वेलका आएको बताए । ‘विद्यार्थीको लागि डाँडाको उचाई कम छ, टेक अफ ल्याण्डिङ देखिन्छ । ल्याण्डिङ पनि राम्रो छ । क्राउड छैन,’उनले भने,‘तराईदेखि आउने थर्मल छ । यो ठाउँ राम्रो भएर नै शुरु गरेका हौं ।’

paragli10 paragliding3 paragliding4 paragliding5 paragliding8 paragliding7 paragliding9 paragliding6