धरान: मकवानपुरको हेटौडामा आयोजित पहिलो हेटौडा अपहिल वुमन साइक्लिङ च्यालेञ्जमा धरानकी खेलाडी इन्द्रकला नेम्बाङ (निक्की) दोस्रो भएकी छिन् ।

हेटौडा जेसिजको आयोजनामा आज सम्पन्न भएको साइक्लिङ प्रतियोगितामा उनी दोस्रो भएकी हुन् । प्रतियोगिता ८ किलोमिटर दुरीको भएको थियो । नेपालमा महिलाहरुको मात्र भएको यो पहिलो साइक्लिङ प्रतियोगिता हो । प्रतियोगितामा प्युठानकी हुमी बुढामगर प्रथम भएकी थिइन् । उनले र्निधारित दुरी ४८ः ४० मिनेटमा पुरा गरेकी थिइन् । उनी गएको १३ औं दक्षिण एसियाली खेदकुद(साफ)मा द्धवाथलनमा दोस्रो हुँदै नेपालको लागि रजत पदक जितेकी थिइन् ।

दोस्रो भएकी धरानकी निक्कीले निर्धारित दुरी ५१ः४५ मिनेटमा पुरा गरेकी थिइन् । उनी पनि गएको दक्षिण एसियाली खेलकुदमा नेपालको तर्फबाट सहभागी भएर द्धवाथलन चौथो भएकी थिइन् । प्रतियोगितामा सोलुखुम्बुकी मिङ्मा शेर्पा तेस्रो भइन् । उनले निर्धारित दुरी ५३ः५६ मिनेटमा पुरा गरेकी थिइन् ।cyclingko

प्रथम भएकी खेलाडीले नगद १८ हजार, दोस्रोले १२ हजार र तेस्रो हुने खेलाडीले ६ हजार नगद साथै मेडल हात पारे । प्रतियोगितामा विभिन्न जिल्लाका १४ जना महिला साइक्लिष्टहरु सहभागी थिए । आयोजकले विजेताबाहेक अन्य सबै खेलाडीहरुलार्य जनही नगद २ हजार पनि वितरण गरेको थियो ।

धरानबाट निक्कीसँगै साइक्लिष्टहरु आशा लिम्बु, बिडिसा चौधरी र इशा तामाङ पनि सहभागी भएका थिए । हेटौडा जेसिसको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको सहयोगमा प्रतियोगिता आयोजना भएको थियो । दोस्रो भएकी निक्की र धरानका अन्य खेलाडीहरु प्रत्येक महिनाको अन्तिम शुक्रबार धरानमा आयोजना हुने ट्रायथलनमा नियमित सहभागी हुने गरेका छन् । ट्रायथलन धरानले हरेक शुक्रबार धरानमा ट्रायथलन आयोजना गर्दै आएको छ ।