धरान: धरान उपमहानगरपालिकाको पुरानो र चर्चित चोकको रुपमा रहेको धरान १८ स्थित शिव मार्गमा सुन्दर पार्क निर्माण भएको छ ।

स्थानीय शिवमार्गबासी मिलेर निर्माण गरेको पार्कको औपचारिकरुपमा सोमवार उद्घाटन गरिएको थियो । पार्कमा टायल र चौतारी निर्माण गरिदिने स्थानीयदाता नैनाकला राई र पार्कमा भगवान शिवको मुर्ति सौजन्यकर्ता देवीमाया विकले रिवन काटेर पार्कको उद्घाटन गरेका थिए । पार्क निर्माण भएको स्थान वीपी स्वस्थ्य विज्ञान प्रतिष्ठानको डेन्टल गेट अगाडि हो । पार्क निर्माणमा करिव तेह्र लाख रुपैया खर्च भएको निर्माण समिति संयोजक टेकवहादुर थापाले जानकारी दिए ।

20201214_143440.psd

पार्कमा फाउन्टेनसहितको शिवको मुर्ति, वुद्धको मुर्ति, चारैतिर रेलिङ्ग र चौतारी निर्माण गरिएको छ भने लाइटिङ्ग र पार्क क्षेत्र भरी टायल राखिएको छ । जसले गर्दा पार्कलाई आकर्षक बनाएको छ । शिव मार्गमा रहेको पुरानो सार्वजनिक धारालाई पार्क भित्र नै व्यवस्थित गरि राखिएको छ । पार्कमा वुद्धको मुर्ति धरान होटल एशोसियनका सचिव रोजन रनपहेलीले सौजन्य गरेका हुन् ।

20201214_143613.psd

शिव मार्ग चौकको जक्सनको रुपमा रहेको स्थान फोहोर फाल्ने डम्पिङ्ग साइड बन्न थालेकोले बस्नै नसकिने र लागुऔषध प्रयोगकर्ताहरु भेला हुने स्थान बन्न थालेकोले पनि यसलाई व्यवस्थित गरेर पार्कको रुपमा स्थापना गरिएको संयोजक थापाले बताए । पार्क निर्माणमा प्रदेश १ सांसद सावित्रि जोशीको सांसद कोष, धरान १८ न. वडाध्यक्ष प्रविण राई, वराह गु्रप प्रालिका प्रदेश १ सदस्य सचिव गंगा कालिकोटे, स्थानिय युवा नेता सन्तोष विक, रवि राई, व्यवसायी कुन्दन तामाङ्ग लगायत स्थानियको सहयोग रहेको स्थानीय ऋषिराज राईले जानकारी दिए । तस्विरः बिकास चाम्लिङ राई

20201214_143550.psd 20201214_143422.psd 20201214_143220.psd siwa-marga20201214_151810.psd