धरान: नेवार जातिको बिशेष पर्व योमरी पुन्हिको अवसरमा धरानमा घर घरमा यःमरी उत्सव शुरु भएको छ ।

धरान ३ स्थित गल्ली टोल, शंखधर मार्गमा यःमरी उत्सव शुरु भएको हो । कोभिड १९ को कारण औपचारिक कार्यक्रमबिना शुरु भएको उत्सव भोली बिहिबार साँझसम्म हुनेछ । सडक उत्सवको शैलीमा शुरु भएको यःमरी उत्सवको बिशेष आकर्षण यःमरी, समयबजीलगायतका नेवारी परिकारहरु रहेको छ ।

शंखधर मार्ग, गल्ली टोल धरानको ऐतिहासिक ठाउँ भएपनि ओझेलमा परेकोले उजागर गर्नको त्यहाँ आयोजना गरिएको हो । चीनीया चोकस्थित पालिका तरकारी बजार उत्तरमा शंखरधर मार्ग पर्छ । उत्सवमा धिमे बाजा, लाखे नाच, ठाकठुके र साँझमा सांगीतिक कार्यmक्रम पनि हुनेछ ।

तस्बिरहरु:वसन्त वान्तवा राई

yamari-suru yamari-suru1 yamari-suru4 yamari-suru2 yamari-suru9 yamari-suru10 yamari-suru5 yamari-suru11 yamari-suru8