धरान: अंग्रेजी नयाँ  वर्ष २०२१ को स्वागतको लागि आज न्यु इयर इभलाई बिशेष बनाउन धरान १५ स्थित बगरकोटलाई रंगीचंगी छाताले सजाइएको छ ।

बगरकोट व्यवसायी मञ्चको व्यवस्थापनमा वगरकोट प्रवेशस्थलदेखि सेउती पुलसम्म करिव चार सय मिटर बगरकोट स्ट्रिटलाई आकर्षक छाताहरुले सजाइएको हो । मञ्चका अनुसार करिब पाँच सय वटा छाता छुन्ड्याइएको छ । वगरकोट क्षेत्रलाई सरसफाई पनि गरिएको छ । पर्यटकलाई आकर्षण गर्न छाता झुण्ड्याएर सजाउने टे्रन्डलाई वगरकोटमा पनि प्रयोग गरिएको मञ्चका अध्यक्ष जिवन मन्याङवो लिम्वुले बताए । ती दिन अघि देखि नै सजाइएको र आगन्तुकहरुले रुचाएको पनि उनले बताए ।

राती १ बजेसम्म बगरकोट खुल्ने

bagarkot

न्यु इयर इभको अवसरमा आज मध्य राती १ बजेसम्म बगरकोट खुला रहने भएको छ । बगरकोट व्यवसायी मञ्चका अध्यक्ष मेन्याङ्बोका अनुसार राती १ बजेसम्म बगरकोटका सम्पुर्ण होटल, रेष्टुरेष्ट, लाउञ्ज एण्ड बारहरु खुला हुनेछ । आन्तरिक पाहुनाहरुलाई मनोरञ्जनका लागि लाउञ्ज एण्ड बारहरुमा धरान र बाहिरका चर्चित व्याण्डहरुको प्रस्तुती हुनेछ भने डिजेइङ पनि हुने उनले बताए ।

bagarkot5

बगरकोटमा व्यवसायीहरुको आधा अर्व भन्दा बढी लगानी छ । बगरकोटमा पाँच वटा म्युजिक वारहरुसहित ३२ वटा रेष्टुरेन्ट, सेकुवा कर्नर, डिपार्टमेन्ट स्टोर, किराना पसल र लज पनि रहेको छ । लकडाउनले थला परेको व्यवसाय लकडाउन खुले पछि केही राहत पुगेको छ, तर प्रहरीले राती चाडै व्यवसाय बन्द गराउने भएकोले अझै पनि समस्या यथावत रहेको अध्यक्ष लिम्वुको भनाई छ । प्रहरी प्रशासनले राती ९ः३० वजे सम्म मात्र बगरकोटमा होटल, लाउञ्ज एण्ड बारहरु सञ्चालन गर्न दिइरहेको छ । मञ्चले स्वास्थ्य सुरक्षाको लागि सवै व्यावसायीहरुलाई आउने पाहुनाहरुलाई गेटमा नै सेनिटाइजर गराउने र मास्क अनिवार्य गराएको छ । मञ्चले हरेक दिन अनुगमन समेत गर्ने गरेको छ ।bagarkot7 bagarkot1 bagarkot-umbela bagarkot2 bagarkot-umbrela1 bagarkot3 bagarkot-umbrelabagarkot4 bagarkot-umbela2