धरान: डि–माण्डु ज्वाइ खानाले आफ्नो वार्षिक उत्सवलाई लक्षित गर्दैै मंगलवार मैत्रिपुर्ण वुद्धिचाल खेलको आयोजना गरेको छ ।

धरान १० स्थित डि माण्डुले अग्रज पत्रकार एवं लेखक जनकऋषि राई र युवा नेता तथा व्यवसायी दिपक वनेपाली बीच मैत्रीपुर्ण वुद्धिचाल खेल आयोजना गरेको थियो । उक्त मैत्रीपुर्ण खेलमा वनेपाली विजयी भएका थिए । वेस्ट अफ र्थीको आधारमा भएको खेलमा वनेपालीले लगातार दुई सेटमा जित हासिल गरेका थिए । वनेपाली सुनसरी जिल्लाका पुर्व वुद्धिचाल खेलाडी समेत हुन् ।

20210126_181049.psd

विजेतालाई ट्रफि, प्रमाणपत्र र दुई हजार रुपैया वरावरको ज्वाइखाना फुड भौचर प्रदान गरिएको थियो भने उप विजेतालाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । डिमाण्डु ज्वाइ खानाको बार्षिकोत्सव आउन एक महिना बाँकी छ । पहिलो वार्षिक उत्सव भव्य मनाउने सोचका साथ वार्षिक उत्सवलाई लक्षित गर्दै मैत्रीपुर्ण वुद्धिचाल खेलको आयोजना गरेको संचालक हरि श्रेष्ठले वताए । वार्षिक उत्सवको अवसरमा डिमाण्डुले समाजिक कार्य, मनोरञ्जनात्मक मैत्रीपुर्ण खेल र फुडलाई लक्षित गर्दै सप्ताह व्यापि कार्यक्रम नै आयोजना गर्न लागेको श्रेष्ठले जनाए । कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ(फोनिज)का जिल्ला सचिव शिशिर राई, स्टार एफएमका स्टेशन मेनेजर रामकृष्ण खड्कालगायतको उपस्थिति रहेको थियो ।
तस्विरः विकास चाम्लिङ राई