धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले बिहिबार आफ्नो प्रतिभा देखाएका छन् ।

कलेजले होटल म्यानेजमेण्ट र म्यानेजमेण्टमा अध्ययरत विद्यार्थीलाई लक्षित गरेर ‘टयालेन्ट शो २०७७’ आयोजना गरेको थियो । उक्त कार्यक्रममा अधिकांश विद्यार्थीले गायन र नृत्य प्रतियोगितामा भाग लिएका थिए । केही विद्यार्थीहरुले नाटक पनि देखाएका थिए । कलेजका प्रमुख डम्बरकुमार तुम्वापोले पढाइसँगै विद्यर्थीहरुलाई अतिरिक्त क्रियाकलापमा बर्षेनी सहभागी गराउदै आएको बताए । यस्ता प्रतियोगिताहरुले विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुग्ने उनको भनाई छ । ‘हाम्रो कलेजका विद्यार्थीहरु पढाइमा प्रदेश १ प्रथम, राष्ट्रियस्तरको दोस्रोसम्म बन्न सफल छन्, यस किसिमको अतिरिक्त क्रियाकलापबाट उनीहरुको प्रतिभा प्रष्फुटनमा मद्दत पुग्छ’, उनले भने । कलेजले गायनको कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ ।

कलेजका अनुसार गायन विधातर्फ १७ जना विद्यार्थीले भाग लिएका थिए । यस्तै, नृत्यतर्फ ५ जना विद्यार्थी सहभागी थिए । गायनतर्फ कक्षा–१२ का नविन दर्नाल, विश्वदीप बज्राचार्य, शारदा तामाङ, रोमन गुरुङ र कक्षा–११ का सुमन गुरुङ छनौट भएका छन् भने नृत्यतर्फ कक्षा–१२ का सुजल लिम्बू र सुजित श्रेष्ठ, कक्षा–११ का विषम पौडेल छनौट भएका छन् ।

pp2

यसैगरि, गायनतर्फ सुजन लिम्बू, प्रकाश राई, दविन दर्नाल, मिसन गुरुङ, रितिका मगर, विश्वदीप बज्राचार्य, शारदा तामाङ, सनम गुरुङ, सुमन गुरुङ, साहिल मगर, सन्देश राई, युकेश रोक्का, रितिका राई, एन्जल राई, सनम तामाङ, अभिषेक मादेन, सुमिष लिम्बूले भाग लिएका थिए । यस्तै, नृत्यतर्फ सुजल लिम्बू, सपना राई, आशा रसाइली, रितिका ग्रुप, विमष पौडेललगायतले भाग लिएका थिए ।

कार्यक्रममा अप्सरा खत्रीले नाटक साथै ‘स्पीच’ पनि दिएकी थिइन् । कार्यक्रममा समिर तामाङले पनि गीत गाएका थिए । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले आगामी दिनमा विद्यार्थीका लागि फरक फरक प्रतिभा पस्किने वातावरण मिलाइरहने बताए । कार्यक्रममा युएन, नवोदय कलेजका अध्यक्ष झा, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठ, म्यानजमेण्ट कोअर्डिनेटर सुमन बाँस्कोटालगायत कलेजका अध्यापकहरुको उपस्थिति थियो ।