धरान: त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त धरान १२ स्थित धरान मेघा कलेजमा विविएस प्रथम वर्षमा भर्नाको शनिबार प्रवेश परिक्षा शनिवार सम्पन्न भएको छ ।

कक्षा १२ को नतिजा प्रकाशित भएपछि भएको पहिलो चरणको प्रवेश परिक्षामा शनिबार एक सय ६० जना विद्यार्थाीहरु सहभागी भएको कलेजले जनाएको छ । प्रवेश परिक्षामा सुनसरी, मोरङ, धनकुटा, इलाम, झापा, उदयपुर लगायत जिल्लाहरुबाट विद्यार्थीहरुले सहभागिता जनाएको कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए ।

20210213_145757.psd

पहिलो चरणमा भएको प्रवेश परिक्षाको नतिजा आइतावर दिउँसो प्रकाशित गरिने भएको छ । कलेजले दोस्रो चरणको प्रवेश परिक्षा यही फागुन ७ गते शुक्रवार लिइने पनि एकेडेमिक डाइरेक्टर घिमिरेले बताए । मेघा कलेजकै टिमले हिमालयन बोडिङ स्कुल पनि सञ्चालन गरेका छन् । जहाँ प्ले ग्रुपदेखि कक्षा १० सम्मको अध्यापन हुने गरेका छभने यही बर्षदेखि प्लस टु सम्मको पनि पढाई शुरु गर्ने योजना छ । प्लस टु को पनि अध्यापन शुरु भएमा एकै थलोमा प्ले ग्रुपदेखि स्नातक तहसम्मको अध्ययन हुने थाले बन्नेछ । तस्विरः विकास चाम्लिङ राई