धरान: आज धरानका सबै शैक्षिक संस्थाहरुमा विद्याकी देवी सरस्वतीको धुमधामले पूजा आराधाना गरिएको छ ।

सबै कलेज, विद्यालयहरुमा सरस्वतीको तस्बिर एवं प्रतिमा राखेर पूजा आराधाना गरिएको छ । आजका दिन सरस्वतीको पूजा गरी साना नानीहरुलाई अक्षर लेखाउदा ज्ञान बढ्ने विश्वासले अभिभावकहरुले आफ्नो छोराछोरीहरुलाई पहिलो पटक अक्षर चिनाउने पनि गर्छन् । धरानका थुप्रै कलेज तथा विद्यालयहरुमा आफ्ना छोराछोरीलाई अक्षर लेखाएका पनि छन् । धरानका केही शैक्षिक संस्थाहरुमा गरिएको सरस्वती पुजाका तस्बिरहरु प्रस्तुत गरिएको छ। तस्बिरहरु: विकास चाम्लिङ 

0 1 1 7 2 1 3 1 9 8 13 14 10 12 11