सुनसरी: इटहरीमा ३० करोडको लागतमा वाटर पार्क खुलेको छ ।

कोरोनाको कारण एक वर्ष पछि धकेलिएको पार्कको शुक्रबारदेखि औपचारिकरुपमा खुल्ला गरिएको पार्कका अध्यक्ष भीम पौडेलले जानकारी दिए । इटहरी २ स्थित एक ६ विगाह क्षेत्रफलमा फैलिएको यो पार्क धेरै सुविधा भएको नेपालको पहिलो मनोरञ्जन पार्क हो । पूर्वी नेपाल र छिमेकी मुलुक भारतका पर्यटकलाई लक्षित गरि तालतलैया नजिकै खोलिएको यस पार्कमा दैनीक एक हजार पर्यटक अँट्नसक्ने बताइएको छ ।

water

पौडेलका अनुसार यसपार्कमा ३ फिट मुनी र ७० वर्ष माथिका व्यक्तिलाई कुनै शुल्क लाग्दैन भने विद्यार्थीलाई विशेष सहुलियत छ । पार्कमा सामुन्द्रीक छालको अनुभुती दिने वेट पुल, जोरासिक सेक्सन, बोटिङ्, सर्ट जीपलाइन, वालक्लाइमिङ, सुविधासम्पन्न रेष्टुरेन्ट, चाइल्ड फन पार्क इत्यादी रहेको पौडेलले जानकारी दिए ।

पार्कमा पौडेलसहित पूर्व एआइजी कृष्ण बस्नेत, पूर्व डिआइजी ज्ञानबिक्रम शाह र काठमाण्डौ वूपील्यण्ड एम्यूजमेन्ट वाटर पार्कका सँचालक जगतबहादुर बस्नेतको सँयुक्त लगानी रहेको बताइएको छ । पार्कको विधिवत् उद्घाटन भने फागुन १७ गते पर्यटन मन्त्री भानुभक्त ढकालले गर्ने आयोजकले जानकारी दिएको छ ।