धरान: नेकपाका केन्द्रीय सदस्य मोतीराज सुनुवारको स्वर, शब्द तथा संगीत रहेको गीत ‘बढ न केपी बढ न..’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले शुक्रबार एक कार्यक्रम बीच म्युजिक भिडियो सार्वजनिक गरेका थिए । गीतको मिक्सिङ कुन्दन राईले गरेका छन् भने एरेन्ज मनोज मोतेले गरेका छन् । गीतमा गायिका रेनु मोक्तानको स्वर रहेको छ । गीतको पाश्र्व गायनमा नविन राई, नगेन्द्र राई, सविना पोखरेल, झरना सुनुवार र डिबि लिम्बू रहेका छन् ।

motiraj

म्युजिक भिडियोको निर्देशन निर्देशक नगेन्द्र राईको रहेको छ । गीत नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशका निम्ति गरेको महत्वपूर्ण कामको प्रशंसा गर्दै लेखिएको छ । यस अघि सुनुवारको ३ वटा गीतको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य रेवतीरमण भण्डारीले देशको नेतृत्व गर्ने विषयमा केपी ओलीको विकल्पमा अन्य कोही नेताहरु नदेखिएको बताए । नेकपाका शिर्ष नेताहरु पुष्पकमल दाहाल र माधव नेपालले बाटो बिराएर गलत ठाउँमा पुगको टिप्पणी पनि गरे ।