धरान: धरानको वडा नं १६ लाई आइतबार बालमैत्री वडा घोषणा गरिदैछ । सोही अवसरमा वडा नं १६ स्थित इङ्गलिस सेकेण्डरी बार्डिङ्ग स्कुलले निःशुल्क भर्ना कार्यक्रमको घोषणा गरेको छ ।

जेनिथ् स्कुलका भाइस प्रिन्सिपल पूजा जवेगु ताम्रकारले वडा नं १६ लाई बालमैत्री घोषणाको अवसरमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म निःशुल्क भर्ना अभियान गरएिको जानकारी दिइन् । विद्यालयको सेव क्षेत्रभित्र रहको विद्यालय उमेर समुहका बालबालिकाहरुलाई अनिवार्यरुपमा विद्यालयको पहुँचमा पुर्याउन निःशुल्क भर्ना अभियान गरिएको उनले बताइन् । उनका अनुसार सोही अवसरमा जेनिथ्ले शिक्षक, अभिभावक र विद्यार्थीहरुसहित पर्च, पम्प्लेट, ब्यानरसहित र्यालीमा सहभागिता पनि जनाउनेछ । साथै, भर्ना अभियान यो शैक्षिक सत्र भरी नै सञ्चालन हुने पनि भाइस प्रिन्सिपल जवेगुले बताइन् ।

वडा नं १६ लाई आइतबार बालमैत्री वडा घोषणा गर्नुअघि वडा कार्यालयबाट र्याली निकालिनेछ । औपचारिक कार्यक्रम शारदा बालिका नमुना विद्यालयमा हुने वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । यही अवसरमा जेनिथ् स्कुलले निःशुल्क भर्ना अभियानको घोषणालाई उनले प्रशंसा गरे । ‘सबै बालबालिकाहरुले शिक्षा पाउनुपर्छ, जेनिथ्ले निःशुल्क भर्ना अभियान चलाउने भएकोछ, यो प्रशंसनीय कार्य हो,’उनले भने । बालमैत्री स्थानीय शासन एक रणनैतिक अवधारणा हो, जसले बाल बचाउ, बालसंरक्षण बालबिकास, बालसहभागिता जस्ता बाल अधिकारका विषयहरुलाई स्थानीय तहको नीति, सरचना पद्धति र कार्य प्रक्रियामा मूलप्रवाहीकरण गर्ने गर्दछ ।