धरान: अखिल नेपाल फुटबल संघ (एन्फा)ले अण्डर १३ उमेर समुहका प्रदेश १ का खेलाडीहरु छनौट शुरु गरेको छ ।

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हिजो शुक्रबारदेखि छनौट शुरु गरेको हो । छनौटमा एन्फाको प्रदेश १ का ११ सदस्य जिल्लाबाट छनौट भएका बाल खेलाडीहरु सहभागी छन् । आज छनौटको अन्तिम दिन हो । एन्फा प्रदेश १ का अध्यक्ष किसोर राईले प्रदेशका विभिन्न ११ जिल्लाबाट छनौट भई आएका १ सय ८५ जना हिजोदेखि छनौटमा सहभागी छन् ।

यहाँबाट कम्तीमा पनि ३० जना छनौट गरिनेछ । छनौट भएका ती खेलाडीहरु राष्ट्रिय छनौटको लागि काठमाण्डौं जानेछन् । देशभरिबाट छनौट भएकाहरुबाट पुनः ४२ जना उत्कृष्टलाई छनौट गरिने अध्यक्ष राईले बताए । ती मध्ये २१ जना एन्फाले निःशुल्क आवासिय सुविधासहित राख्नेछ भने बाँकी २१ जनालाई सशुल्क राख्नेछ ।

football3

छनौट भएका खेलाडीहरुलाई नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरीको एकेडेमीमा राखिने पनि राईले जानकारी दिए । क्लबहरुलाई लाइसेन्स लिनको लागि उमेर समुहको एकेडेमी पनि राख्नुपर्ने मापदण्ड बनाइएको छ । साथै, महिला टिम पनि हुनुपर्ने मापदण्ड रहेको र अर्को बर्षदेखि शुरुवात हुने अध्यक्ष राईले जानकारी दिए ।

एन्फाले २०७८ सालदेखी क्लबहरुसँग सहकार्य गरेर एकेडेमी सञ्चालन गर्ने भएको छ । ए डिभिजन क्लबहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नको लागि ए.एफ.सि.लाइसेन्स लिनुपर्ने हुन्छ । लाइसेन्स प्राप्त गर्नको लागि एकेडेमी सञ्चालन गर्नुपर्ने मापदण्ड छ । त्यसैले एन्फाले क्षेत्र, जिल्ला, प्रदेश हुदै राष्ट्रिय छनौटबाट छानिएका उत्कृष्ट बाल खेलाडीहरु ती क्लबले सञ्चालन गर्ने एकेडेमीमा पठाउनका लागि खेलाडी छनौट थालेको हो ।

football4 football5 football2 football7 football8