धरान: धरानको चर्चित अन्तर वडास्तरीय गोधुली टुबोर्ग रनिङ फुटबल प्रतियोगिता शुरु भएको छ ।

धरान १६ स्थित रंगशालामा गोधुली कपको २१ औं सँस्करण शुरु भएको हो । अहिले प्रतियोगिताको उद्घाटन खेलमा वडा नं ७ र वडा नं १६ बीच मैदानमा भिडन्त भइरहेको छ । पहिलो हाफको १२ औं मिनेटमा वडा नं ७ ले एक गोल गर्दै खेलमा अग्रता लिएको छ । खेलाडी दिनेश तुलाधारले प्रहार गरेको फ्रि किक सिधै गोलमा परिणत भएको थियो । वडा नं १६ गत बर्षको उपविजेता टोली पनि हो ।
godhuli3

प्रतियोगिताको उद्घाटन वडा नं १७ का वडाअध्यक्ष सुर्यकुमार भट्टराई(मनोज)को प्रमुख आतिथ्यमा भएको थियो । अध्यक्ष भट्टराईले गोधुली कप धरानको प्रसिद्ध प्रतियोगिताकोरुपमा स्थापित भएको उल्लेख गर्दै आगामी बर्ष राम्रो बजेट विनियोजन गरिदिने आश्वासन दिए । यस्तै, बिशेष अतिथि एवं एन्फा १ नम्बर प्रदेश अध्यक्ष किसोर राईले स्थानीय सरकारले खेलकुदको विकासमा बिशेष ध्यान दिनुपर्ने बताए ।

प्रतियोगितामा वडा नं २ बाहेक धरानको १९ वटै वडाको टिमले सहभागिता जनाएको छ । प्रतियोगिताको विजेताले रनिङ ट्रफीसँगै नगद १ लाख ११ हजार १ सय ११ रुपैया पाउनेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया पाउनेछ ।

भिडियो :