धरान: गोधुली टुबोर्ग फुटबल रनिङ कपमा धरानको वडा नं १६ विजयी भएको छ ।

वडा नं १६ स्थित धरान रंगशालामा शनिबार भएको उद्घाटन खेलमा वडा नं १६ ले वडा नं ७ लाई ५–१ गोलको फराकिलो अन्तरले हराउदै विजयी यात्रा शुरु गरेको छ । वडा नं १६ को जितमा मन्दिप बस्नेतले ह्याट्रिक गरे । यस्तै, लोकेन लिम्बु र सविन राईले १/१ गोल गरेका थिए ।

पहिलो हाफको खेल सकिदा भने १६ नम्बर वडा १–० गोलअन्तरले पछि परेको थियडो । पहिलो हाफमा ७ नम्बर वडाका विदेश तुलाधारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा भने गत बर्षको उपविजेता वडा नं १६ ले गोलको बर्षा गर्यो । आयोजक गोधुली क्लबका अनुसार भोली(आइतबार) भोली वडा नं ३ र वडा नं ८ को बीचमा प्रतिस्पर्धा हुनेछ ।