काठमाण्डौं: यस वर्षको एसईई परीक्षा आगामी जेठमा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज मंगलबारको बैठकले एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । विगतका एसईई चैत महिनामा हुने गरेको थियो । तर कोरोना महामारीको कारण पढाई प्रभावित भएपछि एसईई परीक्षा पनि धकेलिएको हो । नेपाल सरकारले शैक्षिक सत्र यसबर्ष जेठसम्म कायम गरेको छ ।

यसैगरि, बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि शुरु गर्ने पनि निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । कक्षा ११ को परीक्षा भने यसपाली सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ ।