धरान: २१ औं गोधुली टुबोर्ग फुटबल रनिङ कपमा धरानको वडा नं. १३ र वडा नं १९ विजयी भएका छन् ।

आज बुधबार भएको पहिलो खेलमा वडा नं. १३ ले वडा नं. ५ लाई २–१ गोल अन्तरले हरायो । वडा नं १३ को लागि मन्दिप राई र अशोक कटवालले गोल गरे । प्रतिष्पर्धात्मक खेलमा १३ नं वडा विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच वडा नं. १३ का सुशान्त राई घोषित भए ।godhuli6

यसैगरि, दोस्रो खेलमा वडा नं. १९ ले वडा नं. १२ लाई १–० गोल अन्तरले पराजित गर्यो । जितसँगै वडा १९ पनि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा १५ मिनेटको समय थप गरिएको थियो । थप गरिएको समयमा १९ नं. वडाका अतित लिम्बूले गोल गरी टिमलाई विजयी गराएका थिए । खेलको म्यान अफ द म्याच १९ नं. वडाका एन्सन राई घोषित भए । godhuli7

भोली बिहिबार पहिलो खेलमा वडा नं. ९ र वडा नं १५ बीच मैदानमा भिडन्त हुनेछ भने दोस्रो खेलमा वडा नं. १८ र वडा २० बीच भिडन्त हुनेछ । चैत्र ७ गतेसम्म चल्ने प्रतियोगितामा धरान उपमहानगरपालिकाका १९ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।