धरान: धरान १३ स्थित जनजागृती समाजले आयोनजा गरेको वडा स्तरीय खुल्ला एकल नृत्य प्रतियोगितामा धरान १३ कि रिस्ता याक्खा प्रथम भएकी छिन् ।

प्रत्येक बर्ष महाशिवरात्रीका दिन आयोजना हुने प्रतियोगितामा यो बर्ष याक्खा विजेता भएकी हुन् । उनलाई नगद ,ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै उक्त प्रतियोगितामा द्धितिय, तृतीय र सान्त्वना क्रमशः अंशु लिम्बू ,सुभना राई र प्रनिशा राई भएकी छिन । उनीहरु सबैलाई नगद ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो । 

dance

समाजको आफ्नै भवनमा सम्पन्न नृत्य प्रतियोगितामा धरान १३ नम्बर वडाको प्रायोजन रहेको थियो । प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशिका सरस्वती योगी र गरिमा डान्स सेन्टरका निर्देशक मणिकुमार लिम्बू रहेका थिए । कार्यक्रमको प्रमुख अतिथि धरान १३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले रहेका थिए ।कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बिष्णु चौलागाईंले गरेका थिए ।  कार्यक्रममा १८ जना प्रतियोगीहरुले सहभागीता जनाएका थिए । कार्यक्रमको संचालन समाजका सचिब प्रदिप प्रधानले गरेका थिए ।