धरान: २१ सँस्करणको गोधुली टुबोर्ग फूटबल  रनिङ धरानको वडा नं १९ सेमीफाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालमा आइतबार भएको क्वार्टरफाइनल खेलमा वडा नं धरान ८ लाई हराउदै वडा नं १९ सेमिफाइनल प्रबेश गरेको हो । उक्त खेलमा वडा नं १९ ले वडा नं  ८ लाई ३-१ गोल अन्तरले हरायो । खेलको पहिलो हाफमा वडा १९ का बिनोद राई र इन्सन राइले १-१ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । वडा ८ ले पहिलो हाफमा कुनै पनि गोल फर्काउन सकेन ।

godhuli1 7

दोस्रो हाफमा वडा नं ८ का मनिष गुरुङ्ले एक गोल फर्काए । तर, वडा नं १९ का सुजन रम्तेलले थप एक गोल गर्दै ३-१ अन्तरले वडा ८ लाई स्तब्ध बनायो । खेलको म्यान अफ दि म्याच धरान १९ का बिनोद राइ घोषित हुँदै नगद १५ सय रुपैया पाएँ । भोली सोमबारको तेस्रो क्वाटरफाइनल खेल धरानको वडा नं १३ र वडा नं १७ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ । godhuli2 2