धरान: प्रदेश १ स्तरिय वराह महिला पुरुष अन्तर कलेज वास्केटवल प्रतियोगितामा विभिन्न ४ वटा कलेजले विजयी शुरुवात गरेका छन् ।

धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा सोमबार भएको खेलमा केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारको महिला र पुरुष दुवै टिम विजयी भएको छ । यस्तै, पुरुषतर्फ धरान मेघा कलेज, विकेभिएम विराटनगर, डिपोट आर्दश वहुमुखि क्याम्पस र सियोन स्कुल विययी भएका छ । २३ वर्ष मुनिका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगताको पहिलो खेलमा पुरुष तर्फ हातिसारको टिमले एम्स एकेडेमीलाई ३०–२२ अंकले पराजित गर्यो । 

यस्तै, धरान मेघा कलेजले सगरमाथा एसडि कलेजलाई २८–२६ अंकले हरायो भने विकेभिएम विराटनगरले टावर टेम्पल विर्तामोडलाई ३२–२९ अंकले पराजित गर्यो । डिपो कलेजले राष्ट्रिय जनसहयोग इटहरीलाई ३८–२४ अंकले र सियोन स्कुलले सिटि कलेजलाई २७–२१ अंकले पराजित गरेको थियो । यस्तै, महिलातर्फ केन्द्रीय प्रविधि क्याम्पसको टिमले धरान आर्दशको टिमलाई १६–११ अंकको अन्तरले पराजित गरेको थियो ।

DSC_0012.psd

धरान बास्केटवल संघको अयोजना तथा वराह गु्रपको मूख्य प्रायोजनमा प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश सभामुख प्रदिप भण्डारीले पानसमा द्धिप प्रज्वलन गर्दै तथा रेफ्रिलाई वल हस्तान्तरण गरेर गरेका थिए । चैत्र ५ गते सम्म हुने प्रतियोगितामा धरान, विराटनगर, विर्तामोड र इटहरीका कलेजका टिमले सहभागिता जनाएको छ । 

प्रतियोगितामा पुरुषतर्फ डिपोट, महेन्द्र कलेज, धरान मेघा कलेज, केन्द्रिय प्रविधि क्याम्पस हातिसार, सियोन, सिटि कलेज, राष्ट्रिय जनसहयोग इटहरी, टावर टेम्पल विर्तामोड, एम्स, सगरमाथा, विकेभिएम विराटनगर धरान आर्दश, र विष्णु मेमोरियल रहेको छ । महिलातर्फ डिपोट, धरान अर्दश, विष्णु, हात्तिसार, सियोन र विकेभिएम रहेको छ । 

DSC_0021.psd

पुरुषतर्फको विजेता टिमले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिलातर्फ विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार, ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद २ हजार, हाइ स्कोररले नगद १ हजार रुपैया र राइजिङ प्लेयरले ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ । 

प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन समेत हुने आयोजकले जनाएको छ । नेपलका चर्चित गायक तथा धरानका पुर्व बास्केटवल खेलाडी प्रकाश पौडेलको सहयोगमा थी्र पोइन्ट कम्पिटिसन हुन लागेको हो । महिला र पुरुषको  छुट्टै प्रतिस्पर्धा गराईने कम्पिटिसनमा विजेताले जनही नगद ३ हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्नेछ । भोली मंगलबारको खेल हात्तिसार र सियोन, महेन्द्र र मेघा, विकेभिएम र विष्णु, डिपो र धरान आर्दशबीच हुनेछ भने महिला तर्फ डिपो र विकेभिए विराटनगर विच प्रतिस्पर्धा हुनेछ ।

तस्विरः संजय याक्खा

DSC_0032.psd

DSC_0025.psdDSC_0076.psdDSC_0072.psdDSC_0070.psdDSC_0075.psd