धरान: युनाइटेड डान्स एकेडेमीले फागुन महिनाको सर्वोत्कृष्ट नृत्यकर्मीकोरुपमा सौजन भुजेललाई घोषणा गरेको छ । 

एकेडेमीले हरेक महिना आफ्ना नृत्यकारहरु मध्येबाट एक जनालाई सर्वोत्कृष्ट घोषणा गरेर पुरस्कृत गर्ने गरेको छ । लगनशील र कर्तव्यनिष्ठ रही नृत्य क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै उनलाई फागुन महिनाको “ सर्वोत्कृष्ट नृत्यकर्मी” घोषणा गरिएको एकेडेमीले जनाएको छ । नृत्यकर्मीहरुको मनोवल उच्च बनाउन एकेडेमीमा आबद्ध विद्यार्थीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट नृत्यकर्मी छनौट गर्दै आइरहेको छ ।