धरान: वराह ग्रुप बास्केटवल प्रतियोगितामा डिपो क्यम्पस महिला र पुरुष, सियोन स्कुल महिला र पुरुष, महेन्द्र क्याम्पस र विकेभिएम विराटनगर सेमिफाइनल प्रवेश गरेको छ । 

मंगलवार भएको खेलमा पुरुषतर्फ डिपो क्याम्पसले धरान आदर्श कलेजलाई ३०–१०, सियोन स्कुलले हातिसार स्कुललाई ३२–३१, महेन्द्र कलेजले मेघा कलेजलाई २१–२२ र विकेभिएमले विष्णु मेमोरियलाई ४१ – १३ अंकको अन्तरले पराजित गरेको थियो । 

DSC_0300.psd

महिला तर्फको खेलमा डिपो स्कुलले विकेभिएमलाई २३ – १० अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा बुधवारदेखि सेमीफाइनल खेल शुरु हुनेछ । पुरुष तर्फ सियोन स्कुल र डिपो क्याम्पस, महेन्द्र कलेज र विकेभिएम बीच सेमीफाइनल खेल हुनेछ । महिला तर्फ केन्द्रीय प्रविधि क्याम्पस र विष्णु, डिपो र सियोन बीच प्रतिस्पर्धा हुने बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले जानकारी दिए ।

DSC_0329.psdDSC_0319.psdDSC_0310.psdDSC_0364.psdDSC_0339.psdDSC_0345.psd