इटहरी: इटहरीका निजी कलेजमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

 कोरोना अवधिमा पनि कलेज प्रशासनले जबर्जस्ती शुल्क असुल गर्न खोजेको भन्दै त्यसको बिरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । कोशी कलेजबाट सुरु भएको विद्यार्थी आन्दोलन कस्तुरी, बिश्व आदर्श, सुष्मा हुँदै नगरपालिकातर्फ अघि बढेको छ। कोशी कलेजबाट सुरु भएको आजको आन्दोलन कस्तुरी पुगेर त्यहाँका विद्यार्थीहरुलाई पनि सामेल गरिएको थियो । त्यसपछी उक्त समूह विश्व आदर्श पुग्यो । त्यहीँबाट थप बिध्यार्थी सामेल हुँदै सुस्मा पुगेको थियो । कलेजले शिक्षक समेत लगाएर फि तिर्न मानसिक दबाब दिदै आएको आन्दोलनमा सहभागी विद्यार्थी रन्जित चौधरले बताए । उनका अनुसार शिक्षकलाई समेत कलेजले पूरा पैसा दिएको छैन ।

itari-stud

फाइनल परिक्षा निजिकिए पछि शुल्क नतिर्ने विद्यार्थीलाई परिक्षामा सामेल नगरिने भन्दै विद्यालय प्रशासनले विद्यार्थीहरुलाई दबाव दिन शुरु भएको अर्की विद्यार्थी आरती भट्टराईले बताइन् । उपमहानगरपालिकाले कोरोनाकालको रकम नलिन निजी कलेजलार्इ प्रत्राचार गरेको दाबी गरे पनि कलेजले त्यसको उल्लंघन गरेको बताइन्  । विद्यार्थीहरूले नपढाएको बेलाको शुल्क नलिने घोषणा नगरेसम्म्म आन्दोलन जारी राख्ने बताएका छन् । अबको केही बेरमा सबै  कलेजका विद्यार्थीहरुले उपमहानगरपालिका घेराउ गर्ने तयारी थालेका छन् ।itri-student1