धरान: २१ औं गोलुधी रनिङ फुटबल कपको फाइनल खेल शुरु भएको छ ।

धरान १६ स्थित रंगशालामा फाइनल खेल वडा नं १६ र वडा नं १४ बीच जारी छ । पहिलो हाफको खेल जारी रहदा रंगशालामा दर्शक खचाखच छन् । दुवै वडाका फुटबलप्रेमीहरु आफ्नो टिमको समर्थनमा रंगशालामा आएका छन् । दुवै वडाको टिम गोधुलीमा पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य लिएर मैदानमा उत्रिएको छ । वडा नं १६ चौथो पटक फाइनल खेलिरहेको भएपनि अहिलेसम्म उपाधि जितेको छैन । वडा नं १४ पहिलो पटक फाइनल खेल्दैछ । 

godhuli3 1

पहिलो हाफको खेल जारी रहदा यो समाचार तयार पार्दासम्म दुवै टिमले एक गोल गरेका छन् । खेलमा अग्रता वडा न. १६ ले लिएको थियो । वडा न. १६ का शैलेन्द्र नेपालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, केही समय पछि वडा नं १४ ले पेनाल्टी अवसर पाएर बराबरी गोल गरेको थियो । पेनाल्टीमा वडा नं १४ का विवेक राईले गोल गरेका थिए ।