धरान : २१ औं गोधुली रनिङ कप फुटबल प्रतियोगितामा धरानको वडा नम्बर १४ च्याम्पियन बनेको छ ।    आज सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर १६ लाई टाईब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै वडा १४ च्याम्पियन बनेको हो ।                                  IMG_20210320_181030निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो । त्यसपछि थप भएको १५ मिनेट समयमा पनि निर्णायक गोल हुन नसके पछि खेल टाईब्रेकरमा धकेलिएको थियो । वडा नम्बर १४ ले पहिलो पटक फाइनल खेल्दै उपाधि जित्न सफल भएको हो ।