धरान: चार दिने प्रथम धरान ओपन गल्फ प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।

पार ७० को धरान गल्फ कोर्षमा शुरु भएको प्रतियोगिताको पहिलो दिनको खेल सकिदा नेपालका नम्बर वान गल्फर भुवन नगरकोटीसँगै धरानका गल्फर निरज तामाङ पहिलो स्थानमा रहेका छन् । बुधबार १८ होलको खेल सकिदा निरज र भुवन ३ अण्डर ६७ स्कोरको साथमा दुवै जना संयुक्तरुपमा पहिलो स्थानमा रहेका छन् । निरजले दोस्रो, चौथो, छैटौं, सातौं, १२ औं र १६ औं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए भने १३ औं, १७ औं र १८ औं होलमा बुगी खेलेका थिए । 

dharan-Golfko1

यस्तै, भुवनले दोस्रो, पाँचौं, छैटौं, सातौं, नवौं र १० औं होलमा बर्डी गरेका थिए । तर, १४ औं होलमा बुगी र १७ औं होलमा डबल बुगी गर्दै स्ट्रोक खेर फाले । बुधबार इभन पार ७० को स्कोर बनाउदै धरानका गल्फर बलभद्र राई(मणी), शुक्रबहादुर राई र जयराम श्रेष्ठ संयुक्तरुपमा तेस्रो स्थानमा छन् भने १ ओभर ७१ स्कोर गर्दै सुर्यप्रसाद शर्मा छैटौं, २ ओभर ७२ स्कोर गर्दै सञ्जय लामा, दिपक आचार्य र कृष्णमान राजबहाक संयुक्त सातौं स्थानमा छन् । 

dharan-Golfko8

यता, एमेच्योरतर्फ २ ओभर ७२ स्कोर गरेका स्थानीय गल्फर युवराज भुजेल पहिलो स्थानमा छन् । यसैगरि, ५ ओभर ७५ स्कोर गर्दै राजकुमार राई एमेच्योरतर्फ दोस्रो स्थानमा छन् । धरान गल्फ क्लबको आयोजना शुरु भएको प्रतियोगितामा ११ एमेच्योरसहित ४३ जना खेलाडीहरु छन् । तीन दिन मुख्य स्पर्धा हुनेछ भने अन्तिम दिन प्रो एम स्पर्धा हुनेछ । च्याम्पियन खेलाडीले ट्रफीसँगै नगद ९० हजार, दोस्रो हुने खेलाडीले ६० हजार, तेस्रो हुने खेलाडीले ४५ हजार पाउनेछन् । दोस्रो दिनको खेल समाप्त भएपछि कट पार गर्न सफल भएका २१ औं स्थानसम्मका खेलाडीहरुले मात्र तेस्रो दिन खेल्न पाउनेछन् । कट पार गरेका सबै खेलाडीहरुले नगद पाउनेछन् । 

dharan-Golfko2 dharan-Golfko4 dharan-Golfko5 dharan-Golfko6