धरान: धरान ओपन गल्फ प्रतियोगितामा अग्रस्थानमा रहन सफल नेपालका नम्बर वान गल्फर भुवन नगरकोटीलाई धरानका दुई गल्फर शुक्रबहादुर राई र नीरज तामाङले पछ्याइरहेका छन् ।

पार ७० को गल्फ कोर्षमा दोस्रो दिन(बिहिबार)को खेल सकिदासम्म भुवनले कुल ४ अण्डर १३६ स्केरका साथ अग्रता कायमै राखेका छन् । एक स्ट्रोकले पछि परेका धराने युवा गल्फरहरु शुक्रबहादुर र नीरजले भुवनलाई चुनौत पेश गरिराखेका छन् । दुवै जना कुल ३ अण्डर १३७ स्कोरका साथ संयुक्तरुपमा दोस्रो स्थानमा छन् ।

बिहिबार भुवनले १ अण्डर ६९ स्कोर गर्दै पहिलो दिन झैं शीर्षस्थानमा रहन सफल भए । भुवनले पहिलो, तेस्रो र १३ औं होलमा बर्डी खेलेका थिए भने चौथो र १५ औं होलमा बुगी खेले । उनले पहिलो दिन ३ अण्डर ६७ स्कोर गर्दै शीर्षस्थानमा नै रहेका थिए ।

golf3

शुक्रले बिहिबार ३ अण्डर ६७ स्कोर गरे । उनले पहिलो दिन लेभल पार ७० स्कोर खेलेका थिए । शुक्रसँगै दोस्रो स्थानमा रहेका निरजले बिहिबार लेभल पार ७० स्कोर गरे । पहिलो दिन बुधबार उनले ३ अण्डर ६७ स्कोर गर्दै भुवनसँग शीर्षस्थानमा थिए ।

सञ्जय लामा कुल १ ओभर १४१ स्कोरका साथ चौथो स्थानमा छन् । पहिलो दिन बुधबार २ ओभर ७२ स्कोर गरेका सञ्जयले बिहिबार भने १ अण्डर ६९ स्कोर खेले । कुल २ ओभर १४२ स्कोर गरेका रामे मगर र धरानका बलभद्र राई(मणी) संयुक्तरुपमा पाँचौ स्थानमा छन् । 

golf4

एमेच्योरतर्फ कुल ३ ओभर १४३ स्कोरका साथ युवराज भुजेल अग्रस्थानमा छन् भने कुल ५ ओभर १४५ स्कोरका साथ जितेन्द्र राई एमेच्योरतर्फ दोस्रो स्थानमा छन् । प्रतियोगितामा दोस्रो दिन ३६ होलको खेल सकिदा २१ औं स्थानसम्मका खेलाडीहरु मात्र कटआउट हुनबाट जोगिएका छन् । शुक्रबार २१ प्रोफेस्नल र ६ जना एमेच्योर खेलाडी मात्र स्पर्धा गर्नेछन् ।golf5golf6golf7