धरान: धरानका युवा गल्फर शुक्रबहादुर राईले प्रथम धरान ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।

पार ७० को गल्फ कोर्षमा शुक्रबार मुख्य स्पर्धातर्फ तीन दिनमा कुल ४ अण्डर २ सय ६ स्कोर गर्दै शुक्रबहादुरले उपाधि जितेका हुन् । शुक्रले शुक्रबार १ अण्डर ६९ स्कोर गरेका थिए । उनले पहिलो दिन लेभल पार ७० स्कोर गरेका थिए भने दोस्रो दिन ३ अण्डर ६७ स्कोर गरेका थिए । शुक्रले प्रोफेस्नल प्रतियोगिता खेल्न थालेपछिको यो पहिलो उपाधि जितेका हुन् । च्याम्पियन बनेका शुक्रले उपाधि ट्रफीसँगै नगद ९० हजार पनि हात पारे । 

भिडियो :

प्रतियोगितामा समान कुल ३ ओभर २ सय १३ स्कोरका साथ भुवन नगरकोटी, बलभद्र राई(मणी) र कृष्णमान राजबाहक दोस्रो भए । उनीहरुले जनही नगद ४३ हजार ६ सय ६६ रुपैया बाँडे । धरानका नीरज तामाङ र रामे मगर समान कुल ४ ओभर २ सय १४ स्कोरका साथ संयुक्तरुपमा पाँचौं भए । दुवैले जनही २८ हजार ५ सय रुपैया थापे । यसैगरि, ५ ओभर २ सय १५ स्कोरका साथ दिपक आचार्य सातौं स्थान हुँदै नगद २५ हजार पाए । प्रतियोगितामा २१ औं स्थानसम्म रहेका प्रोफेस्नल खेलाडीहरुले पुरस्कार पाएका थिए ।

  • golf9

यसैगरि, प्रतियोगितामा एमेच्योरतर्फ ९ ओभर २ सय १९ स्कोरका साथ धरानका युवराज भुजेल च्याम्पियन भए । उनले पहिलो दिन २ ओभर ७२, दोस्रो दिन १ ओभर ७१ स्कोर गरेका थिए भने तेस्रो दिन शुक्रबार ६ ओभर ७६ स्कोर खेले । यसैगरि, १४ ओभर २ सय २४ स्कोर गरेका रितेश तामाङ एमेच्योरतर्फ उपविजेता भए । विजेताहरुलाई प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी, धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बु र उपाध्यक्ष सन्तोष कार्कीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा शनिबार प्रो एम स्पर्धा हुनेछ ।

golf5 1

golf 2 golf3 1golf4 1golf10golf11golf14golf15golf7 1golf12