धरान: होम डेलिभरी सेवा प्रवाह गर्दै आएको सप अर्डरले विभिन्न होटल तथा रेष्टुरेष्टहरुबाट होलीको अवसरमा बिशेष छुटको अफर रहेको जनाएको छ ।

सप अर्डरले डेलिभरी सेवा पुर्याउदै आएका धरान विभिन्न ७ वटा रेष्टुरेष्टको सबै परिकारमा १० देखि १५ प्रतिशतसम्म छुट रहेको जनाएको हो । सप अर्डरका अध्यक्ष सुमन लिम्बुका अनुसार नाङ्लो रेष्टुरेष्ट, स्याङ्को कट्टी रोल, ब्रिक क्याफे, एमसि कफी आवर, अर्किड फाष्टफुड, केक प्यालेस र ग्रिन हर्टबाट ग्राहकहरुले अर्डर गर्दा सबै मिनुमा बिशेष छुट पाउनेछन् ।

अध्यक्ष लिम्बुका अनुसार स्याङ्कोको परिकारहरुमा १५ प्रतिशत छुट ग्राहकहरुले पाउनेछन् भने अन्य रेष्टुरेष्टहरुबाट १० प्रतिशत छुट पाउनेछन् । ‘हिजो शनिबारदेखि नै होली अफरको छुट शुरु भइसकेको छ,’उनले भने,‘यो छुटको अफर १७ गतेसम्म छ ।’