धरान: शिक्षा मन्त्रालयले राजधानीमा वायुमण्डल प्रदुषित भएको कारण देखाउदै आजदेखि ४ दिन विद्यालयहरु विदा दिए पनि धरानमा के गर्ने भनेर उक्त निर्णयबारे छलफल भइरहेको छ । 

मन्त्रालयको निर्णय धरानमा आवश्यक हो कि होइन भनेर सरोकारवालाहरुसँग छलफल भइरहेको धरान उपमहानगरपालिकाका शिक्षा महशाखा प्रमुख रत्न कटवालले जानकारी दिए । उनका अनुसार आज अधिकांश स्कुल विदा भएका छ । ‘मन्त्रालयको निर्णय आवश्यकता हो कि होइन ? छुट्टी गर्नुपर्ने हो कि होइन ? परिस्थिति राजधानीको र यहाँको अलग हो कि होइन ? भनेर छलफल हुदैछ,’कटवालले भने,‘प्याब्सन, एन प्याब्सन, शिक्षक संघसंगठनहरुसँग छलफल हुदैछ ।’

निजी तथा संस्थागत विद्यालयहरुको धरान एरिया कोअर्डिनेसन संयोजक राजेन्द्र गुरुङले पनि मन्त्रालयको निर्णयले आज विदा भएपनि भोलीदेखि स्कुलहरु के गर्ने भनेर छलफल भइरहेको बताए । उनले भने,‘आज त विदा भयो, तर यहाँ प्रदुषण छैन भने किन स्कुल बन्द गर्ने ? मिल्यो भने भोलीदेखि स्कुल खोल्ने हो कि भनेर छलफल हुदैछ ।’