धरान:  डिल्ली फोम्बो एंड द ब्याण्डको रुपमा स्टेजहरुमा चम्किरहेका धराने गायक डिल्ली फोम्बोले एक बर्षको अन्तरालमा नयाँ गीत भिडियो रिलिज गरेका छन्।

'यो मायाले के गर्यो...'बोलको गीतमा गायक डिल्ली फोम्बोकै शब्द / संगीत रहेको छ भने सन्जिब राईको संगीत संयोजन रहेको छ। रेखा लिम्बु र गायक डिल्ली फोम्बोको अभिनय रहेको गीतको नरेन लिम्बुको निर्देशन रहेको छ भने बिनय कंसाकारको सम्पादन र बिजेन्द्र भट्टराईको छायांकन रहेको छ। 

लिम्बु  समुदायमा पहिलो चोटी गुनगुनाइएको भनिएको  पोकन्दि र नेपाली लोक शब्द -संगीतको सम्मिश्रण गरिएको गीत एउटा प्रयोगको रुपमा तयार गरेको गायक डिल्ली फोम्बोले बताए। लकडाउनले थलिएको समयमा तयार गरेर लकडाउन खुलेपछि गीत तथा भिडियो तयार गरिएको गायक फोम्बोले बताए।