धरान: धरानका विद्यालयहरु पर्सिदेखि पुर्णरुपमा बन्द गरिने भएको छ । 

आज धरान उपमहानगरपालिकामा बसेको सरोकारवाला पक्षसँगको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले बैशाख भर विद्यालय बन्द गर्ने निर्णय गरेपछि आज धरानमा बैठक बसेको हो । बैठकले भोली बुधबार विद्यार्थीहरुलाई बार्षिक परीक्षा र स्वास्थ्य सुरक्षा प्रोटोकलबारे जानकारी गराउन एक दिन विद्यालय लाग्न दिने निर्णय गरिएको शिक्षा महाशाख प्रमुख रत्न कटवालले जानकारी दिए । उनका अनुसार बैशाख १४ गतेदेखि बार्षिक परीक्षा शुरु हुने र २४ गतेभित्र परीक्षा सक्ने निर्णय गरिएको छ । 

परीक्षा वैकल्पिक विधिबाट गर्ने निर्णय गरिएको एसिसि संयोजक राजेन्द्र गुरुङले जानकारी दिए । स्कुलको अवस्था र परिस्थिति अनुसार डबल सिफ्ट, भौतिक दुरी कायम गर्ने वा भर्चुअल विधिबाट भएपनि परीक्षा गर्ने निर्णय गरिएको उनको भनाई छ ।