धरान: प्रदेश नं १ सरकारले आगामी आर्थिक बर्षको बजेट प्रदेशसभामा पेश भएको छ ।

आज बिहान मन्त्रीपरिषद बैठक बसेर आगामी आर्थिक बर्षको बजेट स्वीकृत गर्दै प्रदेशसभामा पेश गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अहिले आर्थिक मामिला तथा अन्तारिक मामिला मन्त्री टंक आङबुहाङले बजेट प्रस्तुत गरिरहेका छन् । अर्थमन्त्री आङबुहाङले समग्र स्वास्थ्य क्षेत्रको लागि ३ अर्ब २५ करोड विनियोजन गरेको जानकारी दिएका छन् । 

यस्तै, कृषिमा २ अर्ब ९० करोड, शिक्षामा १ अर्ब १९ करोड, पर्यटन क्षेत्रको लागि कुल ८३ करोड ३८ लाख विनियोजन गरिएको छ भने भौतिक पुर्वाधार तथा यायतायात क्षेत्रमा १३ अर्ब २१ करोड, उर्जा तथा सिचाइको लागि लागि ३ अर्ब १५ करोड विनियोजन गरेको मन्त्री आङबुहाङले जानकारी दिए ।