धरान: धरान १२ चतरालाइनस्थित एम्स एकेडेमीमा नयाँ शैक्षिक सत्रको लागि कक्षा ११ को अनलाइन प्रि-रजिष्ट्रेसन खुलेको छ । 

एसईई परीक्षाको रिजल्ट आउन बाँकी रहे पनि एम्सले अनलाइनबाट कक्षा ११ को लागि प्रि-रजिष्ट्रेसन शुरु गरेको हो । एम्सका शैक्षिक तथा आर्थिक संयोजक हेमन्त भण्डारीका अनुसार एकेडेमीको फेसबुक पेजमा अनलाइन फारम भर्ने लिंक राखिएको छ । एसईई रिजल्टको प्रतिक्षामा रहेका विद्यार्थीहरुले एम्स एकेडेमीको पेजमा गएर अनलाईन दर्ता सहजै गर्न सक्नेछन् । ‘अनलाइनबाट फारम भरेर दर्ता गर्ने हो । एम्सको फेसबुक पेजमा लिंक राखेका छौं, विद्यार्थीले सहजै भर्न सक्छन्,’भण्डारीले भने,‘एसईईको रिजल्ट नआएसम्मको लागि हुन्छ । रिजल्ट आएपछि प्रवेश परीक्षा हुन्छ र त्यसपछि भर्ना शुरु हुन्छ ।’

सन् २००० देखि सञ्चालनमा आएको एम्स एकेडेमीमा हाल ३५० विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । यो शैक्षिक सत्रमा केही बिषय थप हुने र विद्यार्थी पनि ४ सय भर्ना गर्ने एम्सको लक्ष्य छ । हाल एम्समा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाको अध्यापन भइरहेको छ । ‘यसपटक मानविकीमा आमसञ्चार पनि थप गर्दैछौं,’भण्डारीले भने । 

aims1

एम्सले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने जनाएको छ । अनुभवी शिक्षकहरु, अडियो र भिडियो कक्षा कोठा, सुविधा सम्पन्न पुस्तकालय, ल्याब, अंग्रेजी र नेपाली माध्यमबाट पढाई, विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरु एम्सको बिशेषता हो । ‘बिशेष गरि हामीले २ कुरामा जोड दिएका छौं, पहिलो कुरा पढाई नै हो । रिजल्ट पनि राम्रो आइरहेको छ । ग्रेडिंग प्रणाली नहुदा पनि ९० प्रतिशत बढी विद्यार्थी उर्तीण भएका थिए । गत बर्ष कोही अनुतिर्ण भएनन् । विद्यार्थीहरुले राम्रो ठाउँमा नाम निकालेर पढीरहेका छन्,’भण्डारीले भने,‘विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा पनि जोड दिएका छौं । धरानका विभिन्न संघसंस्थाहरुसँग छात्रवृत्ति दिएर विद्यार्थी राखेका छौं ।’

गत बर्ष एम्सले फुटलब, भलिवल, बास्केटवलमा जिल्ला भरिमा प्रथम हुन सफल भएको थियो भने मोरङको प्रदेशस्तरीय फुटबलको फाइनल पनि एम्स पुगेको थियो । वत्तृत्वकला, उद्घोषण कला पनि विद्यार्थीहरुले प्रशिक्षण पाउछन् भने जिल्ला भरिमा प्लस टु लेभलमा स्काउटिङ क्रियाकलाप सञ्चालन गर्ने एम्स मात्र हो । ‘पढाईसँगसँगै विद्यार्थीहरुलाई जिम्मेवार नागरिक बन्न प्रेरित गछौं,’शैक्षिक तथा आर्थिक संयोजक भण्डारीले भने ।