विराटनगर: मोरङको नगर प्रहरी कार्यालय विराटनगर कार्यरत प्रहरी जवान राजेश कुमार यादव जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

यादवलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । अपराधिक कार्यमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको, अवैध भन्सार छली, चोरी निकासी तथा पैठारीको सामानहरु पक्राउ गरेको दलगायत महत्वपूर्ण भुमिका निर्वाह गरेकोले यादवलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन साथै कामहरुको उचित मूल्याङकन गर्न प्रदेश प्रहरी कार्यालयले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना एक जनालाई सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएका छ । सर्वोत्कृष्ट हुने प्रहरीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आईएको छ।