विराटनगर: जिल्ला प्रहरी कार्यालय ईलाममा कार्यरत प्रहरी निरीक्षक किशोर तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

१ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक तामाङलाई असारको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरुलाई अनुसन्धान गरी पक्राउ गरेर कानूनी कारवाहीको दायरामा ल्याएको भन्दै प्रदेश प्रहरीले तामाङलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको जनाएको छ ।

सर्वोत्कृष्ट घोषित प्रहरीलाई पुरस्कृत गर्ने र उनको उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रदेश प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भमा राखिने गरिएको छ भने १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा पनि १ महिनासम्म राखिदै आएको छ ।