धरान: धरान ८ तीनकुनेबाट प्रतिबन्धीत औषधीसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । उनलाई हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेको टोलीले पक्राउ गरेको हो । उनको साथबाट प्रतिबन्धीत औषधी स्पास्पेन-१५०० ट्यव्लेट र ट्रामोल ५०-१५०० ट्याव्लेट वरामद गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका तामाङबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।