धरान: कोरोना संक्रमण पछि उपचारको क्रममा धरानकी एक महिलाको मृत्यु भएको छ । 

धरान १५ की ४० बर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार आज बिहान ८ बजेर ५० मिनेटमा उनको मृत्यु भएको थियो । 

सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतकलाई कलेजोको रोग पनि थियो । उनलाई असार ३० गते संक्रमण पुष्टि भएको थियो भने ३१ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शवको व्यवस्थापन नियम अनुसार भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।