धरान: धरानको नेशनल एकेडेमीले यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई लिम्बु, राई वान्तवा र नेपाल भाषा पनि पढाउने भएको छ।

सरकारले कक्षा ११ मा सामाजिक शिक्षालाई अनिवार्य बनाए पछि उक्त बिषयालई परिणाममुखी बनाउन कलेजले लिम्बु, राई वान्तवा र नेपाल भाषामा पनि पढाउने तयारी गरेको हो । नेशनलले कक्षा ११ मा गरेको यो नयाँ प्रयोग हुने जनाएको छ । शिक्षा क्षेत्रका उत्पादनहरु सामाजिक परिवेश अनुकुल साथै सामाकिज विकास हुन नसकेको निचोडका साथ माध्यमिक शिक्षा कक्षा १२ सम्म सरकारले सामाजिक शिक्षालाई अनिवार्य गरेको छ । समुदायसँग विद्यार्थीहरुलाई अझ नजिक जोड्न र उनीहरुको सामाजिक विकासमा सहयोग पुर्याउन कलेजले विभिन्न भाषाको पढाई शुरु गर्न लागेको सिईओ देव सुब्बाले बताए ।

शिक्षा क्षेत्रलाई बढी पेशा ब्यावसायको रुपमा लिएर अनावश्यक प्रतिस्पर्धा गरेर विद्यार्थीहरुको भविष्य माथि खेलवाड भइरहेको भन्दै कलेजका प्रिन्सिपल श्रीशिशा राईले शिक्षालाई पैसा, प्रमाणपत्र र फेसनका रुपमा मात्र बुझ्न थालिएकोले लिम्बु, राई बान्तावा र नेपाल भाषाको पठनपाठन शुरु गरेर कलेजले आफ्नो सामाजिक दायित्व पनि पुरा गर्ने प्रयास गरेको बताए । ‘यी भाषाको पठनपाठन पुर्ण विषयकोरुपमा नभई सामाजिक शिक्षा विषयको उद्देश्य पुरा गर्न सहायक कक्षाको रुपमा सञ्चालन गर्न लागेको हो,’प्रिन्सिपल राईले भने।

logo national academy (1)

धरान उपमहानगरपालिकाले पनि चालु आर्थिक बर्ष २०७८/०८९ मा बहुभाषा पाठाशालाको अवधारणा ल्याएको छ । नेशनलको पहलकदमीले उपमहागनरको अवधारणालाई सहयोग पुग्ने कलेजका अध्यक्ष सालिकराम राईको भनाई छ । उनले नेपालमा धेरै भाषाहरु बोलिने गरेपनि कलेजले आफ्नो स्रोत साधनलाई ध्यान दिएर तीन भाषा मात्र सहायक विषयको रुपमा पठनपाठन गर्न लागिएको बताए । ‘हामीले जहिले पनि जीवन उपयोगी शिक्षामा जोड दिएका छौं, नेशनल एकेडेमी पढ्ने विधार्थीहरु समाज, समुदाय, र बजारमा स्थापित हुन सजिलो हुन्छ,’उनले भने,‘विद्यार्थी र अविभावकहरुलाई कुनै कलेज भर्ना गर्नु अगाडि कलेजको बारेमा राम्ररी बुझ्न आग्रह गर्छु ।’

नयाँ प्रविधिहरु भित्र्याउने क्रममा यस अगाडि कलेजले आफ्नो कलेजलाई आईटीमय बनाउन आईटी हार्डवेयर तथा सफ्टवेयर ल्याब समेत निर्माण गरेको छ । विद्यार्थी तथा अभिभावकहरुलाई आईटीमुखी बनाउन यसै शैक्षिक सत्रबाट अनलाइन फारम भर्न सकिने ब्यवस्था कलेजले गरेको छ । यसमा विद्यार्थीहरुलाई प्रोत्साहन गर्न विद्यार्थीहरुलाई अनलाइन फारम भरेमा रिवार्डको समेत ब्यावस्था कलेजले गरेको जनाएको छ । 

यो कलेजले यसै शैक्षिक सत्रबाट सफ्टवेयर कम्पनी कस्मस इन्भाइटेड इन्टरनेशनल प्रा.लि.को सहकार्यमा सुचना प्रविधिलाई पुर्ण रुपमा आफ्नो पठनपाठन तथा कलेज संञ्चालनमा उपयोग गर्दै कलेजले आफुलाई पुर्ण आईटीमय बनाएको छ । कलेजका सम्पुर्ण कलेजको शिक्षण विधि र प्रशासनिक निगरानीका अनलाइन एकान्टिङ, फि पेमेन्ट,आईटी शिक्षण विधि, शिक्षक तथा कर्मचारीहरुको पेरोल, बाओमेट्रि«क एटेन्डेन्स प्रणाली, शिक्षणको लागि स्मार्ट इन्टरेक्टिभ बोर्ड तथा अनलाइन जुमिङ कक्षा जस्ता कामहरुमा आईटीको प्रयोग गरेको छ । 

*शिर्षक परिवर्तन गरिएको ।