झापा: झापाको भद्रपुर नगरपालिका ३ किचकबधबाट एक जना ब्राउन सुगरसहित पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भारत घर भएका र हाल ठाकुरगंज बस्ने २८ बर्षीय श्रवण राय रहेका छन् । शनिबार हिजो दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरको प्रहरी टोलीले उनलाई ब्राउन सुगर २१ ग्राम २६० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान भईरहेको जनाएको छ ।